समाज

साकेलाका ५८२ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण

साकेलाका ५८२ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ९ असोज । खोटाङको साकेला गाउँपालिकाले दशैंतिहारको छेको पारेर एक करोडभन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वापत जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका ५८२ लाभग्राहीहरुलाई एक करोड एक लाख ६३ हजार रुपैयाँ वितरण गरेको हो । ५ वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको जनाएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका १७८ जनालाई ३८ लाख २१ हजार, साकेला गाउँपालिका–२ रतन्छाका १२३ जनालाई १८ लाख ५८ हजार, साकेला गाउँपालिका–३ खिदिमाका ८८ जनालाई १३ लाख ३७ हजार वितरण गरिएको छ । यस्तै, साकेला गाउँपालिका–४ मात्तिमका ७९ जनालाई १२ लाख ५९ हजार र साकेला गाउँपालिका–५ मात्तिमविर्ताका ११४ जना लाभग्राहीलाई १८ लाख ८८ हजार वितरण गरिएको गाउँपालिकाको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले बताए । गाउँपालिकाल...
खोटाङमा कर्फ्यूसँगै निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

खोटाङमा कर्फ्यूसँगै निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज
खोटाङ, २६ भदौ । स्थानीय प्रशासनले खोटाङमा निषेधाज्ञा जारी गरेको छ । ‘जेन–जी’को नाममा विभिन्न समुहले सार्वजनिक संरचनामा क्षती पुर्‍याउन सक्ने जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । भदौ २६ गते बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ती जम्मा हुन नपाउनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् । यस्तै, प्रशासनले कर्फ्यूलाई निरन्तरता दिएको छ । भदौ २६ गते साँझ ५ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनले भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो । उत्तरमा दिक्तेलको मुढे इलाका क्षेत्र, दक्षिणमा सिद्धेश्वर गुफा जाने बाटो र अस्पतालचोकबाट दुई सय मिटर अगाडि लफ्याङ जाने बाटो, पुर्वमा अल्छेढुंगाबाट पाँच सय मिटर अगाडि सोल्मातर्फ र...
खोटाङमा ‘जेन जी’को बिरोध र्‍याली

खोटाङमा ‘जेन जी’को बिरोध र्‍याली

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार, समाज
खोटाङ, २३ भदौ । खोटाङका ‘जेन जी’ पुस्ताले देशमा बढ्दो भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् । भ्रष्टाचार र बेथितिले सिमा नाघ्दा देशमा फ्रष्टेसन निम्त्याएको भन्दै ‘जेन जी’ पुस्ताले भदौ २३ गते दिक्तेलबजारमा विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं, सुनसरी लगायतका ठाउँमा अप्रिय घटना हुँदा खोटाङका ‘जेन जी’ पुस्ताले भने शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन् । स्थानीय दिक्तेल युवा समाजको नेतृत्वमा त्रिबेणीचोकबाट सुरु भएको ‘जेन जी’को बिरोध र्‍याली हाटडाँडा पुगेर पुःन त्रिबेणीचोक हुँदै रत्नपार्क पुगेर टुंगिएको थियो । र्‍यालीमा मावि तहका विद्यार्थी स्कुलको पोशाकमै सहभागी बनेको देखिएको थियो । भ्रष्टाचार अन्त्या हुनुपर्ने र विदेसिन बाध्य युवालाई स्वदेशमै केही गर्ने वातावरण निर्माण गर्नुपर्ने मागमा बिरोध प्रदर्शन गरिएको दिक्तेल युवा समाजका आजिवन सदस्य समीर दंगालले बताए । (थप समाचार Views Of Nepal को पेजम...
केपिलासगढीको घुम्ती शिबिरः २०७ लाभग्राहीले पाए सेवा

केपिलासगढीको घुम्ती शिबिरः २०७ लाभग्राहीले पाए सेवा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, १८ भदौ । खोटाङको केपिलासगढी गाउँपालिकाले घुम्ती शिबिरमार्फत २०७ लाभग्राहीलाई सेवा दिएको छ । गाउँपालिकाले काठमाडौं र धरानमा घुम्ती शिबिर सञ्चालन गर्दै २०७ लाभग्राहीलाई सेवा दिएको हो । शिविरबाट १२८ लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण, ५५ जनालाई राष्ट्रिय परिचय–पत्र वितरण र २४ जनाबाट मालपोत कर संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए । चाहेर पनि वडा कार्यालय वा गाउँपालिका पुगेर सेवा लिन नसकिरहेका नागरिकलाई लक्षित गर्दै काठमाडौं र धरानमा पुगेर शिबिर सञ्चालन गरिएको हो । विशेषगरी बिरामी, वृद्धावस्था र शारीरिक रुपमा अशक्त सेवाग्राहीका लागि तत्तत् स्थानमा सेवा उपलव्ध गराइएको हो । पालिकाको श्रोतलाई मितव्यायी बनाउन निःशुल्क प्राप्त हुने सार्वजनिक, सामुदायिक, संस्थागत तथा निजी व्यवसायिक प्रतिष्ठानको हलमा शिबिर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । यस्तै,...
रगत उल्टी गरे लगत्तै ट्रकका सह–चालकको मृत्यु

रगत उल्टी गरे लगत्तै ट्रकका सह–चालकको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ भदौ । खोटाङमा ट्रकका सह–चालकको रगत उल्टी गरे लगत्तै मृत्यु भएको छ । भदौ १७ गते मिरचैयाबाट दिक्तेल जाँदै गरेको प्रदेश १–०२–००२ ख ०८०२ नम्बरको ट्रकका सह–चालक ३२ वर्षीय जीवन बरुवालको मृत्यु भएको हो । उदयपुरको कटारी नगरपालिका–३ सिम्ले ठेगाना भएका सह–चालक बरुवाल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्क पुगेपछि अचानक ‘गार्‍हो भयो’ भन्दै ट्रकबाट ओर्लिएका थिए । ओर्लिएपछि सडकको नालीमा रगत उल्टी गरे लगत्तै बरुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । लासको कानूनी प्रकृया पुरा गरेपछि पोष्टमार्टमका लागि कटारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
रुस–युक्रेन युद्धमा ज्यान गुमाएका क्षितिज बस्नेतको काजकिरिया

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका क्षितिज बस्नेतको काजकिरिया

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ११ भदौ । रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काज किरिया थालिएको छ । रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका क्षितिजको भदौ ११ गतेदेखि काज किरिया सुरु गरिएको हो । रुसी सेनामा भर्ती हुने भन्दै दुबईबाट २०८० असोज १५ गते रुस गएका क्षितिजको रुस–युक्रेन युद्धमा २०८० कात्तिक ६ गते मृत्यु भएको थियो । दुबईमा सेक्युरिटी गार्डको काम गरिरहेका क्षितिज आकर्षक तलव पाइने आशामा रुसी सेनामा भर्ती हुन रुस गएका थिए । रुसी सेनामा भर्ती भएको करिब तीन हप्तामै क्षितिजले ज्यान गुमाएको छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले बताए । क्षितिजकी श्रीमती भीमकला आचार्य र ११ वर्षका छोरा आदित बस्नेत सामाजिक परम्परा अनुसार काज किरियामा बसेका छन् । भीमकला रुस पुगेर काठमाडौं हुँदै भदौ १० गते घर आइपुगे लगत्तै काज...
हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा

हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आमालाई ‘मौलशोभा राई आमा सम्मान’ प्रदान गर्ने घोषणा गरिएको छ । खोटाङका साहित्यकार डा. पुरण राईले आफ्नो आमाको नाममा स्थापना गरेको ५० हजार राशीको ‘मौलशोभा राई आमा सम्मान–२०८२’ मेयर साम्पाङको आमा जसमायाँ राईलाई प्रदान गर्ने घोषणा गरिएको हो । साहित्य, कला, संस्कृति, अर्थ र राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई जन्म दिने आमालाई प्रदान गरिने सम्मान यस वर्ष मेयर साम्पाङ मातालाई प्रदान गर्ने निर्णय गरिएको हो । श्रम अभियान तथा सुशासनको माध्यमबाट मेयर साम्पाङले नगर र देशमा पुर्‍याएको योगदानको कदर स्वरुप उनकी आमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको डा. राईले बताए । ‘मौलशोभा राई आमा सम्मान’ निर्णायक समितिले डा. राईको जन्मदिनको अवसर पारेर साम्पाङ माता जसमायाँलाई सम्मान प्रदान गर्ने घोषणा गरेको हो । खोटाङको केपिलासगढी गा...
मृत फेला परेका दिदीभाईको चिहान प्रहरीको नियन्त्रणमा

मृत फेला परेका दिदीभाईको चिहान प्रहरीको नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २५ साउन । खोटाङमा मृत फेला परेका दिदीभाईको चिहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत फेला परेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव गाडिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको हो । कानुनी प्रकृया पुरा नगरी शव गाडिएको भन्दै प्रहरीले चिहानलाई नियन्त्रणमा लिएको हो । साउन २२ गते बस्नेत दिदीभाई सहित ६ जना बालबालिका घरमा जानकारी नदिइ वेपत्ता भएका थिए । पौडी खेल्न साप्सुखोला पुगेको जानकारी पाइएपछि खोज्नेक्रममा राती १२ बजे दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडाडाउँको चेपाभिरबाट करिब एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुबेर मृत्यु भएको अवस्थामा दिदीभाईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । लडेर मृत्यु भएको यकिन भएको दावी सहित शवलाई साउन २३ गते घरबाट ३ किलोमिटर दक्षिणमा पर्ने लाफेटारमा गाडिएको थियो । ...
पत्रकार ‘सरगम’लाई सामाजिक सेवा सम्मान

पत्रकार ‘सरगम’लाई सामाजिक सेवा सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २२ साउन । खोटाङका युवा पत्रकार राजकुमार भट्टराई ‘सरगम’लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित कालिका वडा स्तरीय महिला समुहले पत्रकार भट्टराईलाई सामाजिक सेवा सम्मान प्रदान गरेको हो । टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा आयोजना गरिएको तीन दिने नेतृत्व तथा संस्थागत क्षमता विकास तालिम समापन कार्यक्रममा साउन २२ गते पत्रकार भट्टराईलाई नगद ५ हजार सहितको सम्मान गरिएको हो । प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पत्रकार भट्टराईलाई नगदसहित सम्मान प्रदान गरेका थिए । पत्रकारिताको माध्यमबाट न्यायको पक्षमा आवाज उठाएको, जनताको आवाजलाई शसक्त ढंगले प्रस्तुत गर्दै समाजमा सकरात्मक परिवर्तन ल्याउन भूमिका खेलेको योगदानको कदर गर्दै पत्रकार भट्टराईलाई सम्मान गरिएको समुहकी अध्यक्ष लोकमायाँ थापा (गीता)ले बताईन् । पत्रकार भट्टराई...
विङगर गाडी दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते (नाम सहित)

विङगर गाडी दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते (नाम सहित)

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १९ साउन । खोटाङमा तिर्थयात्री बोकेको विङगर गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । साउन १९ गते बिहान हलेसी दर्शन गरेर सिराहा फर्कँदै गरेको तिर्थयात्री बोकेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको गाडी दुर्घटना हुँदा सिराहा नराह गाउँपालिका–५ की ममतादेबी यादवको मृत्यु भएको हो । तिर्थयात्री सवार गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको दौंते खोला नजिकै सडकबाट करिब दुई मिटर तल खस्दा गम्भीर घाइते भएकी यादवलाई उदयपुरको कटारी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको हो । विङ्गर गाडीमा चालक सहित १८ तिर्थयात्रु सवार थिए । घाइतेमध्ये १० जनालाई ट्रमा सेन्टर, काठमाडौं लगिएको छ । ६ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । घटनापछि सिराहा नगरपालिका–१२ निवासी चालक रामनाथ शाह भने फरार छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार नराह गाउँपालिका–५ ठेगाना भएका राजु यादव, सरीतादेवी ठाकुर, सविताकुमारी ...