समाज

आमरण अनसन बसेका मेयरको मागमा क–कसले जनाए ऐक्यवद्धता ?

आमरण अनसन बसेका मेयरको मागमा क–कसले जनाए ऐक्यवद्धता ?

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १५ साउन । ‘बाँस सत्याग्रह’ थालेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको मागप्रति संस्थागतरुपमा ऐक्यवद्धता जनाउनेको संख्या बढिरहेको छ । बाँस तथा बाँसजन्य उद्योग स्थापना गर्ने नीति बनाउनुपर्ने लगायतका सात सूत्रीय माग सहित मेयर भट्टराई माइतीघर मण्डला पुगेर साउन १४ गतेदेखि आमरण अनसनमा बसेका छन् । बाँस प्रवद्र्धन गर्ने मेयर भट्टराईको मागप्रति जिल्ला समन्वय समिति खोटाङ र बराहपोखरी गाउँपालिकाले ऐक्यवद्धता जनाएका छन् । व्यक्तिगत रुपमा ऐक्यवद्धता जनाएर साथ दिने पनि उत्तिकै छन् । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले समेत सत्याग्रह स्थलमा पुगेर भट्टराईको मागप्रति ऐक्यवद्धता जनाइसकेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराईलाई साउन १४ गते राती बीर अस्पताल भर्ना गरिएको छ । भट्टराईको स्वास्थ्य अवस्था क्रमशः शिथिल बन्दैगएको छ । साउन ११ गते...
खोटाङमा पहिलोपल्ट महिला सिडियो

खोटाङमा पहिलोपल्ट महिला सिडियो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १२ साउन । खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले नागरिकको शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । प्रमुख जिल्ला अधिकारीको रुपमा खोटाङ आएका श्रेष्ठले साउन १२ गते पत्रकारसँगको परिचयत्मक कार्यक्रममा जिल्लाका नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने बताएकी हुन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सबैले आ–आफ्नो पेशा व्यवसाय ढुक्ककासाथ सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएकी छन् । जिल्ला प्रशासन कार्यालय खोटाङले इतिहासमै पहिलोपल्ट महिला सिडियो पाएको हो । गृह–मन्त्रालयले श्रेष्ठलाई खोटाङको ५२ औं सिडियोको रुपमा खटाएको हो । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
कुटपिटबाट पाथेकाका एक युवा घाइते

कुटपिटबाट पाथेकाका एक युवा घाइते

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ९ साउन । खोटाङमा कुटपिटबाट एक युवा घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ६८ वर्षीय हजुरमणि राईको कुटपिटबाट सोही ठाउँका १९ वर्षीय राजन राई घाईते भएका हुन् । सामान्य विवाद हुँदा हजुरमणिले साउन ८ गते राजनलाई कुटपिट गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा जानकारी आए लगत्तै अस्थायी प्रहरीचौकी तालखर्कबाट प्रसनि किशोरकुमार हजारी थारुको कमाण्डमा खटिएको प्रहरीको टोलीले हजुरमणिलाई साउन ९ गते नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कुटपिटबाट राजनको अनुहार तथा टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारपछि राजनलाई सुविधा सम्पन्न अस्पताल रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।...
वर्षाका कारण घर भत्किएपछि एक परिवार विस्थापित

वर्षाका कारण घर भत्किएपछि एक परिवार विस्थापित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ साउन । वर्षाका कारण घर भत्किएपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका रामकुमार राईको परिवार विस्थापित भएका छन् । वर्षाका कारण बस्नै नमिल्नेगरि घर भत्किएपछि राई परिवार विस्थापित भएका हुन् । घर भत्किएपछि रामकुमार श्रीमती र एक छोरीसहित छिमेकी धनबहादुर राईको आश्रयमा बसिरहेको स्थानीय युवा नेता हरि थापा ‘उमेश’ले जानकारी दिए । मुनिबाट चर भासिँदैगएपछि घरको तल्लोपट्टीको गारो भत्किएको हो । वर्षाका कारण केही दिनअघि घरको चर दबिएको थियो । साउन ५ गते दिउँसो भने घरको गारो ढलेर क्षतीग्रस्त बनेको थापाले बताए ।...
खोटाङका सिडियोको सरुवा, नयाँ सिडियोको रुपमा कल्पना श्रेष्ठ आउँदै

खोटाङका सिडियोको सरुवा, नयाँ सिडियोको रुपमा कल्पना श्रेष्ठ आउँदै

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३१ असार । खोटाङका सिडियो नरहरि घिमिरेको सरुवा भएको छ । गृह–मन्त्रालयले हाल प्रमुख जिल्ला अधिकारीकोरुपमा कार्यरत घिमिरेको सरुवा गर्दै सह–सचिव कल्पना श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले असार ३१ गते घिमिरेलाई अध्यगमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलमा सरुवा गर्ने निर्णय गरेको छ । गृह–मन्त्रालयमै कार्यरत सह–सचिव श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा खोटाङ पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत रहेको अवस्थामा घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारीकोरुपमा खटाइएका थिए ।...
तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

तीन दिनसम्म सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आग्रह

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ असार । भारी वर्षाका कारण हुने सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले तीन दिनसम्म सजगता अपनाउन आग्रह गरेको छ । खोटाङमा पनि नदी तथा खोलाको वहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सतर्कता अपनाउन आव्हान गरेको हो । प्रशासनले असार २४ गते सूचना जारी गर्दै सवारी साधन सञ्चालन गर्ने, आवतजावत गर्ने तथा यात्रा गर्ने क्रममा सजगता अपनाउन, अत्यावश्यक परे बाहेक रातको समयमा यात्रा नगर्न र ढिस्को खस्न सक्ने तथा पहिरोको जोखिम क्षेत्रमा हिडडुल गर्दा विशेष सजगता अपनाउन अनुरोध गरेको छ । (थप समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
मात्तिमका किसानलाई मौरीसहितको घार वितरण

मात्तिमका किसानलाई मौरीसहितको घार वितरण

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १५ असार । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । कोसी प्रदेश सरकारको मौरी पालन प्रवद्र्धन कार्यक्रम अन्तरगत प्राप्त १० लाख सशर्त अनुदानबाट ५३ किसानलाई मौरी सहितको घार वितरण गरिएको हो । किसानलाई सेरेना जातको मौरी सहितको उत्तिसको काठबाट बनेको ९७ घार, १५ थान धुँवादानी, १५ थान घुम्टी, ९७ थान कुइनगेट, ९७ थान घरको खुट्टी, १० थान हुल बोक्ने झोला र १० थान ब्रस वितरण गरिएको छ । किसानको ३ लाख ३३ हजार ३३३ रुपैयाँ लागत सहभागीतामा मौरी सहितको घार वितरण गरिएको मात्तिमका वडाध्यक्ष जीवन खत्रीले बताए । गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष खत्री, वडा सदस्य निर्मला राई, हरिहर ढकाल र प्रकाश कट्वालले किसानलाई मौरी सहितको घार वितरण गरेका थिए ।...
हराइरहेका वृद्ध मृत अवस्थामा भेटिए

हराइरहेका वृद्ध मृत अवस्थामा भेटिए

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० असार । खोटाङमा हराइरहेका वृद्ध मृत अवस्थामा भेटिएका छन् । गत जेठ २८ गतेदेखि सम्पर्क विहिन बनेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका ७० वर्षीय लालबहादुर कार्की असार १० गते मृत अवस्थामा फेला परेको हो । खोजतलास गर्ने क्रममा स्थानीयले कार्कीको सडिसकेको शव धन्सार खोलामा फेला पारेको प्रहरीले जनाएको छ ।...
अपांगता भएका व्यक्तिका लागि बाख्रा र सुगुर पालन तालिम

अपांगता भएका व्यक्तिका लागि बाख्रा र सुगुर पालन तालिम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ८ असार । खोटाङको रावाबेँसी गाउँपालिकाले अपांगता भएका व्यक्ति र उनीहरुको परिवारका लागि ५ दिने बाख्रा र सुगुर पालन तालिम सञ्चालन गरेको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी एवं राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपांगता रोकथाम तथा पुःर्नस्थापना कार्यक्रम अन्तरगत अपांगता भएका व्यक्ति र उनीहरुको परिवारलाई सहभागी गराएर बाख्रा र सुगुर पालन तालिम सञ्चालन गरिएको हो । असार ४ गतेबाट सुरु गरिएको तालिममा गाउँपालिकाका ६ वडाबाट दुई÷दुई जनाको दरले १२ जनालाई सहभागी गराइएको मिलिजुली समुह हौंचुरका सचिव एबं गाउँपालिका स्तरिय ओपिडिका सह–सचिव प्रेमबहादुर गुरुङले जानकारी दिए । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र उपाध्यक्ष कौशिलाकुमारी गुरुङले सहभागीलाई प्रमाण–पत्र प्रदान गरेका थिए । तालिममा पश...
खोटाङमा नछुङ (धामी) संरक्षण समिति गठन

खोटाङमा नछुङ (धामी) संरक्षण समिति गठन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ७ असार । खोटाङमा नछुङ अर्थात धामीहरुको समिति गठन गरिएको छ । असार ७ गते शुभम फाउण्डेसनको सभाहलमा सम्पन्न भेलाबाट धनीराम नछुङको अध्यक्षतामा ११ सदस्यीय नछुङ संरक्षण समिति गठन गरिएको हो । नछुङ संरक्षण समितिको उपाध्यक्षमा सुखराज राई, कोषाध्यक्षमा प्रस्तुती राई, सचिवमा तेजबहादुर राई र सह–सचिवमा खड्गबहादुर थामसुहाह चयन भएका छन् । सदस्यहरुमा मिक्सन राई, कुमार राई, भिमबहादुर राई, जितबहादुर राई, सहरमान राई र सन्जिव राईलाई चयन गरिएको छ । किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको पहलमा जिल्लाका नछुङहरुलाई पहिलोपल्ट संगठित गरिएको हो । मुन्दुमी रिसिया, संस्कृति तथा मुन्दुमी ज्ञानलाई संरक्षण एवं पुस्तान्तरण गर्दै किरात सभ्यताको जग पुःर्नस्थापनाका लागि नछुङ संरक्षण समिति गठन गरिएको हो । कार्यक्रममा उपस्थित नछुङहरुलाई परिचय–पत्र वितरण गरिएको छ । यस्तै, खोटाङमा तिलक साम्पाङ किरातको अध्यक...