खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २३ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण उच्च माविको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ विरुद्ध जेठ २३ गते मुद्दा दायर गरेको हो ।
यस्तै, कृष्ण उच्च माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई तथा विद्यालयको भवन निर्माण गर्ने जयप्रसाद राईलाई विपक्षी बनाएर आरोप–पत्र दायर गरिए...









