समाचार

खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

खोटाङ: डढेलोले एक विद्यालय सहित नौ घर जले

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित नौ घर जलेको छ । चैत ४ गते सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका कृष्णबहादुर राई, अदमे राई, हिरासेर राई, नगेन्द्र राई, पविन्द्र राई, हिराधन राई, चैनकुमार राई, टंकबहादुर राई र रणबहादुर राईको घर जलेको हो । बाल्सीखोला पाखा सामुदायीक वनमा लागेको डढेलो बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका वस्तीमा छिर्दा घर जलेको स्थानीय हर्क राईले जानकारी दिए । डढेलोले डढेलोले वालकन्य आधारभुत विद्यालयमा पनि क्षती पुगेको छ । विद्यालयको काठबाट बनाइएको दुईकोठे भवनको अफिस कोठा जलेको छ । डढेलोमा कृष्णबहादुरको एउटा व्याउने गाई, दुई वटा बाछी र चार वाटा बाख्रा डढेर मरेको छ । अदमेको ३ वटा र हिरासेरको ३ वटा खसी बाख्रा मरेको छ । यस्तै, छोटाकुमार राईको जंगलमा चराउन छाडिएको १० वटा खसीबाख्रा पनि डढेर मरेको वडाध्यक्ष देबेन्द्र राईले बताए...
डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जल्यो

डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जल्यो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ चैत । डढेलोले खोटाङमा एक विद्यालय सहित छ घर जलेको छ । सामुदायीक वनमा लागेको डढेलो वस्तीमा छिर्दा चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाघखोर, च्यानटार, पाँचबैटार र लाङमाका ६ घर जलेको हो । (विस्तृत समाचार भ्युज अफ नेपालको पेजमा )
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, २५ फागुन । नेकपा माओवादी केन्द्रले अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्रले खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई अनिश्चितकालका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको हो । विगत एक वर्षदेखि पार्टी र सम्वन्धित निकायलाई जानकारी नदिइ अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो । उनलाई कारबाहीका लागि साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते सिफारिस गरेको नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश)ले जानकारी दिए । माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेती (शुशील)ले हस्ताक्षर गरेको निलम्बन–पत्रमा अमेरिका बस्ने वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नु परेको उल...
वाइसिएल हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा बुढाथोकी

वाइसिएल हलेसी तुवाचुङ नगरपालिकाको अध्यक्षमा बुढाथोकी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, १७ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित वाइसिएलको नगर कमिटि अध्यक्षमा दिनेश बुढाथोकी चयन भएका छन् । फागुन १७ गते सम्पन्न दोश्रो नगर सम्मेलनले दिनेशको अध्यक्षतामा वाइसिएलको ४१ सदस्यीय नगर कमिटि गठन गरेको छ । नेकपा माओवादी केन्द्रनिकट वाइसिएलको नगर कमिटिको उपाध्यक्षमा त्रिचन्द्र राई, नेत्रबिक्रम राई र हिरण माझी, सचिवमा राकेश राई, सह–सचिवमा युवराज कार्की, सुगा बिश्वकर्मा, मेगजन राई, पार्वती कार्की र गौतम राई तथा कोषाध्यक्षमा एमिका राई र सह–कोषाध्यक्षमा अवसरा राई चयन भएका छन् । यस्तै, सदस्यमा भरत श्रेष्ठ, सरोज श्रेष्ठ, निता खत्री, कुमार राई, विमल कार्की, कुमार कार्की लगायत सर्वसम्मत चयन भएका छन् । वाइसिएल नेपालको फ्याक्सन इन्चार्ज एबं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा)को प्रमुख आतिथ्यतामा वाइसिएलको नगर सम्मेलन सम्पन्न भएको हो । नगर सम्मेलनमा माओवादी ...
खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन सम्भव छ ?

खोटाङलाई ‘बाँसको राजधानी’ बनाउन सम्भव छ ?

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १७ फागुन । खोटाङमा बाँस संग्रहालय स्थापना गरी खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणा–पत्रमा सो निर्णय समेटिएको हो । ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको छ । खोटाङ घोषणा–पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय श्रोतको रूपमा ...
दिरुमनपामा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन

दिरुमनपामा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन विस्तार गरिएको छ । राप्रपाको फागुन ७ गते भएको भेलाबाट सन्तोष खत्रीको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय प्रजातन्त्रिक युवा संगठन गठन गरिएको हो । संगठनको उपाध्यक्षमा बन्दना राई, सचिवमा अनिल भट्टराई, सह–सचिवमा रबिना राई र कोषाध्यक्षमा शर्मिला थापा (खड्का) चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनको सदस्यमा नन्द बस्नेत, बिष्णु राई, अनिता खड्का, मोबिहाङ राई, बिपी राई, अनिल राई लगायत छन् । रापप्राले पहिलोपल्ट नगरपालिकामा युवा संगठन गठन गरेको राप्रपाका प्रवक्ता शिवकुमार भट्टराईले जानकारी दिए । राप्रपाका जिल्ला अध्यक्ष ललितकुमार राईको प्रमुख आतिथ्यता तथा राष्ट्रिय प्रजातन्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष नन्द बस्नेतको विशेष आतिथ्यतामा युवा संगठन गठन गरिएको हो ।...
प्रजातन्त्र दिवसमा नेबिसंघले गर्‍यो दिप प्रज्वलन

प्रजातन्त्र दिवसमा नेबिसंघले गर्‍यो दिप प्रज्वलन

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ७ फागुन । खोटाङमा प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघले दिप प्रज्वलन गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिले फागुन ७ गते साँझ दिप प्रज्वलन गरेको हो । राणा शासकहरुको १०४ वर्ष लामो वंशीय, निरंकुस र हुकुमी शासनलाई अन्त्या गर्दै मुलुकका प्रजातन्त्रको दियो बालिएको सम्झनामा शुभकामना आदान प्रदानसँगै दिप प्रज्वलन गरिएको हो । नेविसंघका विद्यार्थी नेताहरुको उपस्थितिमा दिक्तेलको त्रिबेणीचोकमा दिप प्रज्वलन गरिएको नेपाल नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष सोनामहाङ राईले बताए । दिप प्रज्वलनका क्रममा खियामा राईले कविता बाचन गरेर सुनाएकी थिईन् ।...
हलेसीः आगोले खायो ७ करोड ३० लाख

हलेसीः आगोले खायो ७ करोड ३० लाख

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा भएको आगलागीमा ७ करोड ३० लाखको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । फागुन ४ गते साँझ ६.४९ बजे पदमसेर राईको घरबाट सुरु भएको आगोबाट करोडौंको धन सम्पत्ती नष्ट भएको हो । आगलागीमा पदमसेरको ४ करोड, ऐराख राईको २ करोड ५० लाख, भरणसेर राईको ५० लाख र प्रकाशचन्द्र गिरीको ३० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताए । पदमसेरको काठ र जस्ताले बनेको तीन तले घरको पहिलो तलामा हार्डवेर पसल र दोश्रो तलामा निर्धन उत्थान लघुवित्तको कार्यालय सञ्चालनमा रहेको थियो । ऐराखको न्यू कल्याण होटल सञ्चालन भइरहेको चार तले पक्की घर र सँगै रहेको दुई तले घर जलेको छ । यस्तै, प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रष्टले बनेको एक ताले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षती पुग...
‘बाँदर मार्ने कि बिचौलियालाई जेल हाल्ने ?’

‘बाँदर मार्ने कि बिचौलियालाई जेल हाल्ने ?’

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ माघ । प्राध्यपक डा. युवराज संग्रौलाले किसानको समस्या बाँदर नभएर ‘बिचौलिया’ भएको बताएका छन् । जिल्ला समन्वय समिति खोटाङले माघ २२ गते दिक्तेलमा आयोजना गरेको ‘कृषि सम्वन्धी बृहत अन्तरक्रिया तथा छलफल’ कार्यक्रममा डा. संग्रौलाले बाँदरले भन्दा बिचौलियाले किसानको धेरै नोक्सान गरिरहेको उल्लेख गरेका छन् । ‘हामी बाँदरलाई गाली गरिरहेका छौँ । बाँदर त छ्यापछ्याप्ती छन् अरु नै । मान्छे बाँदरले सिध्याएको छ । बाँदरले तपाई हाम्रो दुईटा फल खाएर केही पनि सिध्याउँदैन । म त त्यी बाँदरहरुलाई नमारौं नमस्ते गरौं भन्छु,’ डा. संग्रौलाले भने, ‘बिचौलिया बाँदरले देश सिध्याएको छ, त्यसलाईचैं के गर्ने, त्यो चैं सोचौं न ।’ संग्रौलाले बाँदर मार्ने कानुन भन्दा बिचौलियालाई जेलभित्र हाल्ने कानुन बनाउनुपर्नेमा जोड दिए । ‘किसानलाई बाँदरले सिध्यायो’ भनेर बिचौलियाले नै हल्ला फिँजाएर सबैको ध्यान बाँदरतिर केन्द्रित गराएक...
खोटाङका ९ हजार ९९५ किशोरीलाई एचपिभी खोप दिने तयारी

खोटाङका ९ हजार ९९५ किशोरीलाई एचपिभी खोप दिने तयारी

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २१ माघ । खोटाङका झण्डै १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदिने तयारी गरिएको छ । माघ २२ गतेदेखि माघ २७ गतेसम्ममा जिल्लाका ९ हजार ९९५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिने तयारी गरिएको हो । कक्षा ६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीलाइ एचपीभी खोप दिइने स्वास्थ्य कार्यालय, खोटाङका प्रमुख जिवन चौलागाइले बताए । खोप अभियानका लागि २७४ खोप केन्द्रमा ५४८ स्वयम्सेवक र १०१ जना सुपरिर्वेक्षक परिचालन गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दुई चरण गरेर खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माघ २२ ...