समाचार

प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्य

प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्य

ताजा अपडेट, मल्टिमिडिया, मुख्य खबर, समाचार, सुचना प्रबिधी
खोटाङ, १८ मंसिर । खोटाङबाट सञ्चालित प्रभावन्युज डटकमको प्रवन्ध निर्देशकमा विराज आचार्यलाई नियुक्त गरिएको छ । प्रभावन्यूज नेटवर्कद्वारा संचालित प्रभावन्यूज डटकमको प्रवन्ध निर्देशकमा आचार्यलाई नियुक्त गरिएको हो । दिक्तेलबजारको भवनगैरास्थित प्रभावन्यूजको कार्यालयमा मंसिर १८ गते एक कार्यक्रमकोबीच आचार्यलाई प्रवन्ध निर्देशकको जिम्मेवार प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी तथा सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यमार्फत नवनियुक्त आचार्यलाई पुष्पगुच्छा दिएर जिम्मेवारी प्रदान गरिएको छ । नवनियुक्त आचार्यलाई नेटवर्कका अध्यक्ष उत्तम चौलागाईं, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, अन्नपूर्ण पोस्ट दैनिकका सम्वाददाता रत्न आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर–१ का वडासदस्य बलराम आचार्य, निर्माण व्यवसायीद्वय प्रकाश थापा, फडिन्द्र आचार्य लगायतले नवनियुक्त आचार्यल...

मिर्गौलाको उपचारका लागि कोपिलालाई १२ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ मंसिर । मिर्गौलाको उपचार गर्न अस्पताल भर्ना भएका बिरामीलाई १२ लाखभन्दा बढी सहयोग जुटाइएको छ । दुबै मिर्गौला फेल भएपछि टिचिङ अस्पताल भर्ना गरिएका भोजपुरको पौवादुङ्मा गाउँपालिका–२ तिवारीभञ्ज्याङका कोपिला श्रेष्ठको सहयोगार्थ १२ लाख १३ हजार ५३९ रुपैयाँ संकलन भएको हो । कोपिलाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हाल कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठले ‘कोपिला श्रेष्ठ बचाउ अभियान’ सञ्चालन गरेर उपचार खर्च जुटाइदिएका हुन् । गत कात्तिक २ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा स्वदेश तथा विदेशमा रहेका ४ हजार ३७९ जना दाताबाट सहयोग जुटाइएको अभियान्ता श्रेष्ठले जानकारी दिए । संकलन भएको सहयोग रकम कोपिलाको श्रीमान महेन्द्रबहादुर श्रेष्ठको प्रभु बैंकमा खोलिएको खातामा जम्मा गरिएको छ । कोपिलाको दुबै मिर्गौलामा विगत दुई वर्षअघिदेखि समस्या सुरु भएको हो । समस्या बल्झिदै गएपछि ...

प्रधानाध्यपकको निधनमा नगरपालिकामा झण्डा झुकाइयो

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २३ कात्तिक । प्रधानाध्यपकको निधनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आधा झण्डा झुकाएको छ । हृदयघातका कारण निधन भएका प्रधानाध्यपक मेघराज धमलाको निधनमा नगरपालिकाले कात्तिक २३ गते आधा झण्डा झुकाएको हो । सरस्वती आधारभुत विद्यालय, दिक्तेलका प्रधानाध्यपक धमलाको कात्तिक २१ गते हृदयघातका कारण शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । अनुशासित, मर्यादित र कर्तव्यनिष्ठ शिक्षकको भूमिका निर्वाह गरेका धमलाको सम्मानमा झण्डा आधा झुकाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले शोक बक्तव्यमार्फत जानकारी दिएका छन् । यस्तै, नगरभित्रका विद्यालय खुलेको दिन शोक धुनसहित एक मिनेट मौन धारण गर्ने/गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । काठमाडौंबाट खोटाङ फर्कनेक्रममा धमलालाई बाटैमा हृदयघात भएपछि अस्पताल लगिएको थियो । (more…)...

जन्तेढुंगा: कार्यकाल सकिन लाग्दा पनि विव्यासले पूर्णता पाउन सकेन

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, १५ कात्तिक । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माबिमा कार्यकाल सकिन लाग्दा समेत व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । तीन वर्षे कार्यकालका लागि चिसापानी माबिमा २०७९ साल भदौमै अभिभावकमध्येबाट चार सदस्य छानिएको थियो । तर चार सदस्य चयन भएपछि व्यवस्थापन समिति गठन प्रकृया अवरुद्ध छ । लामो रस्साकस्सीपछि अम्बरबहादुर राई, अमृतकुमार राई, रन्जना राई र मिश्रामायाँ राई विव्यास सदस्य छानिएका थिए । चार सदस्य छानिएपछि स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई १० लाख वा सोभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तीबाट दुई सदस्य मनोनित गर्नुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर विव्यास गठन प्रकृया दुई सदस्य मनोनयनमा पुगेर अड्किएको हो । दुई सदस्य मनोनयन नै हुन नसकेपछि विव्यास अध्यक्ष चयन हुन नसकेको हो । व्यवस्थापन समितिका...
प्रभु बैंकको शाखा कार्यालय रत्नपार्कमा सारियो

प्रभु बैंकको शाखा कार्यालय रत्नपार्कमा सारियो

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, १२ कात्तिक । खोटाङको दिक्तेलबजारमा रहेको प्रभु बैंकको शाखा कार्यालय सारिएको छ । हालसम्म दिक्तेलको अम्बागाछीचोकबाट सञ्चालन गरिएको प्रभु बैंकको शाखा कार्यालयलाई दिक्तेलकै रत्नपार्कमा स्थानान्तरण गरिएको हो । कात्तिक ११ गतेदेखि रत्नपार्कबाट एटिएमसहितको सम्पूर्ण कारोबार सुरु गरिएको प्रभु बैंकको शाखा कार्यालयका प्रवन्धक प्रबिण घिमिरेले बताए । दिक्तेलबजारको पुरानो बैंकचोक नजिकै २०६९ भदौ १४ गते सेञ्चरी कमर्शियल बैंकको शाखा कार्यालय स्थापना गरिएको थियो । २०७९ पुसमा प्रभु बैंक र सेञ्चरी कमर्शियल बैंक मर्ज भएपछि प्रभु बैंक बनेको हो । यो नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक हो । अम्बागाछीचोक आसपासका स्थानीयले भने प्रभु बैंकको शाखा कार्यालय नसार्न आग्रह गर्दैआएका थिए ।...

खोटाङ: वडा कार्यालयमा लगाइएको तालाबन्दी खुल्यो

ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, ९ कात्तिक । खोटाङको साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा लगाइएको तालाबन्दी खुलाइएको छ । २०८० माघ १९ गते अमेरिका गएका वडाध्यक्ष अर्जुनकुमार कटवाल नफर्किएपछि सर्वदलीय टोलीले कात्तिक ८ गते ताला लगाएका थिए । गाउँपालिका र आन्दोलनरत पक्षबिच वडाध्यक्ष कटवालको सम्बन्धमा आवश्यक कानूनी प्रकृया सुरु गर्ने सहमति जुटेपछि कात्तिक ९ गते ताला खोलिएको हो । अमेरिका गएका वडाध्यक्षको वडाध्यक्षको राजीनामा माग गर्दै पुर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराई संयोजकत्वको टोलीले वडा कार्यालयमा ताला लगाएका थिए । वडाध्यक्ष कटवाललाई राजीनामा गराएर आसन्न उप–निर्वाचनमा निर्वाचनको वातावरण मिलाउन दबाव दिने उद्देश्यले सर्वदलीय टोलीले वडा कार्यालयमा ताला लगाएका थिए । कटवालले ‘पदबाट राजीनामा दिनुपर्ने वा वडामा आएर काम गर्ने’ वातावरण मिलाउनका लागि १५ दिनको अल्टिमेटम सहित गत साउन २१ गते गाउँपालिकामा ज्ञापन–पत्र बु...

बोझेओढारको गुफा जाने सिँढीमा झरेको पहिरो पन्छाइयो

ताजा अपडेट, समाचार, समाज
खोटाङ, ८ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडरहेको सिमानामा पर्ने बोझेओढारस्थित गुफा जाने बाटोमा झरेको पहिरो पन्छाइएको छ । कर्णेश्वर महादेव तथा जय विश्वकर्मा बाबा मन्दिरबाट गुफासम्म जाने बाटोमा झरेको पहिरो स्थानीय युवा नवराज घतानीको नेतृत्वमा कात्तिक ८ गते पन्छाइएको हो । गत असोज १२ गतेको भारी वर्षाका कारण बोझेओढारको गुफा जाने सिँढीमा पहिरो झरेको थियो । पहिरो झरेपछि स्थानीयलाई गुफा जान–आउन कठिन भइरहेको थियो । गुफा जाने बाटोमा झरेको पहिरोको अवरोध श्रमदान जुटाएर हटाइएको अगुवा घतानीले जानकारी दिए । गुफा जाने बाटो मर्मतका क्रममा मन्दीर व्यवस्थापन समितिका अध्यक्ष महेश अधिकारी लगायतले श्रमदान गरेका थिए । बाटो मर्मत गर्न बोझेओढार व्यवस्थापन समितिले पनि सहयोग गरेको थियो । बोझेओढार धार्मिक तथा पर्यटीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिन्छ । गुफा ...

सिमपानीमा श्रमदानमार्फत सडक मर्मत

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, २४ असोज । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा सडक मर्मत गरिएको छ । गत असोज १२ गतेको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सिमपानी–कात्तिके सडक नेकपा एमाले वडा कमिटि सिमपानीको अगुवाईमा श्रमदान मार्फत मर्मत गरिएको हो । जताततै पहिरो खसेका कारण र खाल्डाखुल्डी भएका कारण अवरुद्ध सडकमा कम्तीमा बाईक हिँडाउन मिल्नेगरि मर्मत गरिएको छ । बजार र गाउँबिचको टुटेको सम्पर्क पुःन जोड्नका लागि सडक मर्मत गरिएको नेकपा एमाले वडा कमिटिका अध्यक्ष सुवास खड्काले बताए । दशैंतिहार भित्रिँदा समेत स्थानीय सरकारले सडक मर्मत नगरेका कारण श्रमदान जुटाएर मर्मत गरिएको एमाले वडा कमिटिले जनाएको छ । एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, एमाले खोटाङका उप–सचिव राजन बञ्जारा, पालिका कमिटि अध्यक्ष बिकास राई लगायत ५०/६० जनाको सहभागीतामा सडक मर्मत गरिएको हो । यस्तै, स्थानीयले सिमपानी बजार र स्वास...

‘गाडी भासिने’ चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत

ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, २१ असोज । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा खण्ड मर्मत गरिएको छ । भारी वर्षाका कारण हिलाम्मे हुँदा सवारी साधनलाई आवत–जावत गर्न कठिन भएपछि जिल्ला समन्वय समिति खोटाङको समन्वय र नेतृत्वमा मर्मत गरिएको हो । असोज १८ गतेदेखि २० गतेसम्म चखेवाभञ्ज्याङ–सेखुवा खण्डको अधिक समस्या भएको ठाउँमा माटो सहितको ढुंगा रोडा राख्नुका साथै हिलो फालिएको छ । कतिपय ठाउँमा सडकमा जमेको पानी कटाइएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । दशैं तिहारमा गाउँ आउने नागरिकलाई लक्षित गर्दै विपद व्यवस्थापन समितिको केही समयअघिको निर्णय अनुसार संयुक्त रुपमा सडक मर्मत गरिएको हो । ६ वर्षअघि कालोपत्रे भइसक्नुपर्ने सडक निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभीको ढिलासुस्तीका कारण अलपत्र परेको हो । चखेवाभञ्ज्याङ–सेखुवा खण्ड साकेला गाउँपालिकाभित्र पर्छ । हाल सो सडकबाट भोजपुरक...

फोक्सिङटार पुल निर्माणका लागि प्रचण्डलाई ध्यानाकर्षण–पत्र

ताजा अपडेट, मल्टिमिडिया, राजनीति, समाचार
खोटाङ, २० असोज । वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारी खोटाङले बाढी पहिरोका कारण क्षतीग्रस्त भौतिक संरचना तत्काल निर्माणका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् । प्रचण्डलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाउँदै वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तीकारीले जिल्लाको क्षतीग्रस्त पुल, सडक लगायतका भौतिक संरचना तत्काल निर्माणका लागि पहल कदमी उठाउन आग्रह गरेका हुन् । वाइसिएल नेपाल र अखिल क्रान्तीकारीले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारको मोटरेल पुल, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, विभिन्न नदी तथा खोलामा बनाइएको झोलुंगेल पुल क्षतीग्रस्त भएको जानकारी गराएको छ । विपदको समयमा प्रदेश सरकार र स्थानीय सरकारले चासो दिए पनि पर्याप्त हुन नसकेको भन्दै दुई संगठनले राज्यको संयन्त्रहरुको साथ र हातेमालोको आव...