मुख्य खबर

मात्तिमका किसानलाई मौरीसहितको घार वितरण

मात्तिमका किसानलाई मौरीसहितको घार वितरण

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १५ असार । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । कोसी प्रदेश सरकारको मौरी पालन प्रवद्र्धन कार्यक्रम अन्तरगत प्राप्त १० लाख सशर्त अनुदानबाट ५३ किसानलाई मौरी सहितको घार वितरण गरिएको हो । किसानलाई सेरेना जातको मौरी सहितको उत्तिसको काठबाट बनेको ९७ घार, १५ थान धुँवादानी, १५ थान घुम्टी, ९७ थान कुइनगेट, ९७ थान घरको खुट्टी, १० थान हुल बोक्ने झोला र १० थान ब्रस वितरण गरिएको छ । किसानको ३ लाख ३३ हजार ३३३ रुपैयाँ लागत सहभागीतामा मौरी सहितको घार वितरण गरिएको मात्तिमका वडाध्यक्ष जीवन खत्रीले बताए । गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष खत्री, वडा सदस्य निर्मला राई, हरिहर ढकाल र प्रकाश कट्वालले किसानलाई मौरी सहितको घार वितरण गरेका थिए ।...
ऐसेलुखर्कको बजेट ४९ करोड ७० लाख ९३ हजार ८८

ऐसेलुखर्कको बजेट ४९ करोड ७० लाख ९३ हजार ८८

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, ११ असार । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अनुमानित ४९ करोड ७० लाख ९३ हजार ८८ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । असार १० गते सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि चालुतर्फ ३२ करोड ७८ लाख ८८ हजार ८८ र पुँजीगतमा १६ करोड ९२ लाख ५ हजार बजेट ल्याएको हो । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष राजेश राजभण्डारीले विभिन्न विषयगत शाखाका कार्यक्रमका साथै अन्य विविध कार्यक्रम तथा योजना निर्माणका लागि प्राप्त संघीय सशर्त अनुदानबाट व्यहोर्नेगरि चालु कार्यक्रमतर्फ २३ करोड २४ लाख र पुँजिगतमा ८८ लाख विनियोजन गरिएको जानकारी दिए । यस्तै, प्रदेश सरकार सशर्त अनुदानबाट व्यहोर्नेगरि चालुतर्फ ४७ लाख ९४ हजार र पुँजीगतमा १५ लाख, संघीय सरकारबाट प्राप्त समपुरक अनुदानसँग गाउँपालिकाले ३० प्रतिशत रकम साझेदारी हुनेगरि ऐसेलुखर्क–लिदिङ खोला सडक स्तरोन्नतीका लागि ६० लाख, वडागत पुँजीगत योजनाका...
नयाँ ट्र्याक नखोल्ने, बनिसकेका सडकलाई स्तरोन्नती गर्ने

नयाँ ट्र्याक नखोल्ने, बनिसकेका सडकलाई स्तरोन्नती गर्ने

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय
खोटाङ, १० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । असार ९ गते सम्पन्न १३ औं नगरसभाले नयाँ ट्र्याक खोल्नुको सट्टा यसअघि बनिसकेका सडकलाई स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम पास गरेको छ । जताततै सडकको ट्र्याक खोल्ने होड चलिरहेकोबेला मेयर तीर्थराज भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय सडक, वडाको केन्द्र र स्वास्थ्यचौकी जोड्ने सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नती गर्ने उल्लेख छ । नगरपालिकाले बाँदरको क्षति न्यूनीकरणका लागि वैकल्पिक बालीको रुपमा तोरी, प्याज र सुन्तला जातको फलफूल खेतिलाई प्रवद्र्धन गर्ने, प्याज, तोरी र मह बालीमा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्तै, कफी खेती विस्तार तथा कफी वेर्ना उत्पादन कार्यक्रम स...
हराइरहेका वृद्ध मृत अवस्थामा भेटिए

हराइरहेका वृद्ध मृत अवस्थामा भेटिए

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० असार । खोटाङमा हराइरहेका वृद्ध मृत अवस्थामा भेटिएका छन् । गत जेठ २८ गतेदेखि सम्पर्क विहिन बनेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी धिप्लुङका ७० वर्षीय लालबहादुर कार्की असार १० गते मृत अवस्थामा फेला परेको हो । खोजतलास गर्ने क्रममा स्थानीयले कार्कीको सडिसकेको शव धन्सार खोलामा फेला पारेको प्रहरीले जनाएको छ ।...
अपांगता भएका व्यक्तिका लागि बाख्रा र सुगुर पालन तालिम

अपांगता भएका व्यक्तिका लागि बाख्रा र सुगुर पालन तालिम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ८ असार । खोटाङको रावाबेँसी गाउँपालिकाले अपांगता भएका व्यक्ति र उनीहरुको परिवारका लागि ५ दिने बाख्रा र सुगुर पालन तालिम सञ्चालन गरेको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी एवं राष्ट्रिय अपांग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपांगता रोकथाम तथा पुःर्नस्थापना कार्यक्रम अन्तरगत अपांगता भएका व्यक्ति र उनीहरुको परिवारलाई सहभागी गराएर बाख्रा र सुगुर पालन तालिम सञ्चालन गरिएको हो । असार ४ गतेबाट सुरु गरिएको तालिममा गाउँपालिकाका ६ वडाबाट दुई÷दुई जनाको दरले १२ जनालाई सहभागी गराइएको मिलिजुली समुह हौंचुरका सचिव एबं गाउँपालिका स्तरिय ओपिडिका सह–सचिव प्रेमबहादुर गुरुङले जानकारी दिए । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र उपाध्यक्ष कौशिलाकुमारी गुरुङले सहभागीलाई प्रमाण–पत्र प्रदान गरेका थिए । तालिममा पश...
खोटाङमा नछुङ (धामी) संरक्षण समिति गठन

खोटाङमा नछुङ (धामी) संरक्षण समिति गठन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ७ असार । खोटाङमा नछुङ अर्थात धामीहरुको समिति गठन गरिएको छ । असार ७ गते शुभम फाउण्डेसनको सभाहलमा सम्पन्न भेलाबाट धनीराम नछुङको अध्यक्षतामा ११ सदस्यीय नछुङ संरक्षण समिति गठन गरिएको हो । नछुङ संरक्षण समितिको उपाध्यक्षमा सुखराज राई, कोषाध्यक्षमा प्रस्तुती राई, सचिवमा तेजबहादुर राई र सह–सचिवमा खड्गबहादुर थामसुहाह चयन भएका छन् । सदस्यहरुमा मिक्सन राई, कुमार राई, भिमबहादुर राई, जितबहादुर राई, सहरमान राई र सन्जिव राईलाई चयन गरिएको छ । किरात सभ्यता, संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको पहलमा जिल्लाका नछुङहरुलाई पहिलोपल्ट संगठित गरिएको हो । मुन्दुमी रिसिया, संस्कृति तथा मुन्दुमी ज्ञानलाई संरक्षण एवं पुस्तान्तरण गर्दै किरात सभ्यताको जग पुःर्नस्थापनाका लागि नछुङ संरक्षण समिति गठन गरिएको हो । कार्यक्रममा उपस्थित नछुङहरुलाई परिचय–पत्र वितरण गरिएको छ । यस्तै, खोटाङमा तिलक साम्पाङ किरातको अध्यक...
सुनकोसीमा बाढी आउने सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

सुनकोसीमा बाढी आउने सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ असार । सुनकोसीमा बाढी आउन सक्ते सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सतर्कता अपनाउन अनुरोध गरेको छ । असार ७ गतेसम्म चिनको तिव्वत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएकाले प्रशासनले सुनकोसी आसपासमा सतर्कता अपनाउन अनुरोध गरेको हो । चिनको प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार ६ गते सार्वजनिक सूचना जारी गरेको हो । सुनकोसीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई छुन्छ ।...
टोकियोमा गुन्जियो श्रेष्ठ र शाहको गजल

टोकियोमा गुन्जियो श्रेष्ठ र शाहको गजल

ताजा अपडेट, मुख्य खबर, समाचार, साहित्य
जापान, ४ असार । जापानमा पलेंटी गजल सन्ध्या तथा पुस्तक लोकार्पण कार्यक्रम गरिएको छ । विश्व नेपाली साहित्य महासँघ (विनेसाम) जापान शाखाको आयोजनामा टोकियोमा पलेंटी गजल सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा श्रृष्टाद्धय प्रमोद श्रेष्ठ ‘स्नेही’ र दिया शाहले गजल वाचन गरेका थिए । श्रेष्ठ र शाहले गजल वाचन गरेर कार्यक्रम स्थल घण्टौं गुन्जाएका थिए । यस्तै, क्रान्ति चेम्जोङ, अमरदेव वास्तोला, गृष्मा पौड्याल, शारदा पाण्डे, अविरल पाण्डे, समर प्रेम, राजन घले, लक्ष्मी अर्गेजा मगर, प्रविण लामा, भुवन रोका, म्यामराज राई, सम्झना चाम्लिङ्ग लगायतले खुल्ला रचना वाचन गरेर सुनाएका थिए । लेखक, विश्लेषक तथा समाजवादी दर्शनका अध्येता विश्वभक्त दुलाल ‘आहुति’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई वटा कविता संग्रह लोकार्पण गरिएको छ । शकुन आँसुको ‘नवयुगकी सुम्निमा’ र भीम बिरही राईको ‘बारुदले कोरेका अक...
दिनदिनै चितुवाले खसी बाख्रा खाइदिएपछि किसान हैरान

दिनदिनै चितुवाले खसी बाख्रा खाइदिएपछि किसान हैरान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा चितुवाले गाईबाख्रा खाएर आतंक मच्याएको छ । चितुवाले चरनका लागि जंगलमा छाडिएको खसी बाख्रा दिनदिनै खाएर आतंक मच्याएको हो । असार ३ गते मात्रै चितुवाले कुमार बुढाथोकीको दुई वटा बाख्रा र टंकनाथ रेग्मीको एक वटा बोका खाइदिएको छ । बुढाथोकीको सँगै छाडिएका तीन वटा बाख्रा अझै भेटिएका छैनन् । गत माघ–फागुन यता चितुवाले ३० वटा बाख्रा खाइदिएको र ६ वटा बेपत्ता बनाएको बुढाथोकीले बताए । (भिडियो सहितको विस्तृत समाचार Views Of Nepal को फेसबुकमा उपलव्ध छ ।) ...
दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा युरेस गठन

दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा युरेस गठन

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, ३ असार । खोटाङको दिक्तेल इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा युवा रेडक्रस सर्कल (युरेस) गठन गरिएको छ । मानवीय सेवा र सामाजिक कार्यमा विद्यार्थीहरूको सहभागिता बढाउने उद्देश्यले रितेश्ना कार्कीको अध्यक्षतामा ११ सदस्यीय युरेस गठन गरिएको हो । युरेसको उपाध्यक्षमा अनुराग कट्टेल, सचिवमा सलिना सुवेदी, सह–सचिवमा रेमन खत्री, कोषाध्यक्षमा अनिस राई र सह–कोषाध्यक्षमा सुजुका विष्ट चयन भएका छन् । सदस्यहरुमा जोयल चौधरी, सर्गम राई, निराजन सिं, रचना तामाङ र स्मारिका राईलाई छानिएको छ । युरेसको संरक्षकमा शिक्षक लालप्रसाद घिमिरे, संयोजकमा हर्कबीर राई र सदस्यमा पदमबहादुर विष्ट चयन भएका छन् । यस्तै, शिक्षक नायकमा सतिना डंगोल र सह–शिक्षक नायकमा श्यामलाल चौधरीलाई चयन गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा प्रिन्सिपल धनकर्ण श्रेष्ठले युरेसको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका ...