मुख्य खबर

टिकटकमा भ्रामक सामग्री राखेको भन्दै युवती पक्राउ

टिकटकमा भ्रामक सामग्री राखेको भन्दै युवती पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १ असार । टिकटकमा तथ्यहीन र भ्रामक सामग्री राखेको भन्दै प्रहरीले युवतीलाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घर ठेगाना भई हाल भक्तपुर बसिरहेकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो । नियोजितरूपमा जातिय एवं साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थाको विरुद्ध भ्रामक विषयवस्तु प्रसारण गरी चरित्र हत्या गरेको अभियोगमा बस्नेत पक्राउ परेकी हुन् । बस्नेतलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी साइबर ब्यूरोबाट खटिएको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको हो । व्यक्ति, संस्था र सम्प्रदायप्रति नकरात्मक धारणा फैलाउँदै चरित्र हत्या गर्ने व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सो कार्यमा बस्नेतको संलग्नता खुलेको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर बस्न...
धुमधामका साथ साकेला उभौलीको विदाई

धुमधामका साथ साकेला उभौलीको विदाई

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३१ जेठ । खोटाङमा किरात राई समुदायको महान चाड साकेला उभौलीलाई विदाई गरिएको छ । गत बैसाख पुर्णिमाको दिनदेखि मनाउन सुरु गरिएको साकेला उभौलीलाई जेठ ३१ गते विधिवतरुपमा विदाई गरिएको हो । किरात राई यायोक्खा र किरात सेवा समाजको संयुक्त आयोजनामा दिक्तेलको मझुवागढीमा पुगेर सँस्थागत तरिकाले मनाउन सुरु गरिएको साकेला उभौलीलाई दिक्तेलकै माटिकोरे खेलमैदानबाट विदाई गरिएको हो । साकेला उभौली विदाईका क्रममा माटिकोरे खेलमैदानमा धुमधामका साथ साकेला नाचिएको छ । साकेला उभौलीको विदाईका क्रममा माटिकोरे दिनभर ढोल, झ्याम्टाले गुञ्जयमान बनेको थियो । विगतका वर्ष साकेला सिली प्रदर्शन वा साकेला सिली प्रतियोगीता गर्दै साकेला उभौली विदाई गर्ने गरिएकोमा यस वर्ष खुलारुपमा साकेला सिली नाच्दै विदाई गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । (भिडियो सहितको समाचार  Views Of Nepal को फेसबुक पेजमा हेर्...
खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम

खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ जेठ । खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरिएको छ । घरभित्र तथा घर आसपासमा आइपुगेका सर्पलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर जंगलमा लगेर छाड्ने सीप विकासका लागि डिभिजन वन कार्यालयले सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरेको हो । सर्प उद्धार तथा पुःर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको नेचर कन्जरभेसन एण्ड रिसर्च कमिटि जनकपुरका गणेश शाह र ललन यादवलाई जिउँदो सर्प सहित दिक्तेल झिकाएर जेठ २९ गते सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरिएको हो । (विस्तृत समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।) ...
हलेसी तुवाचुङका भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण सुरु

हलेसी तुवाचुङका भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, २८ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४९ भुमिहिन सुकुम्बासीलाई जग्गाको निवेदन तथा नाप नक्साको निस्सा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङले नगरपालिकाका १६६ भुमिहिन सुकुम्बासीमध्ये ४९ जनालाई निस्सा प्रदान गरेको हो । जेठ २७ गते नगरपालिकाको सभाहलमा मेयर बिमला राई, उपमेयर रमेश राउत र भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङका अध्यक्ष निर्मल राईले भुमिहिन सुकुम्बासीलाई जग्गाको निवेदन तथा नाप नक्साको निस्सा प्रदान गरेका हुन् । बाँकी भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई सम्वन्धित वडा कार्यालयमार्फत निस्सा प्रदान गर्ने भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङका अध्यक्ष राईले बताए । आयोगका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ६९८ जना भुमिहिन सुकुम्बासीको आवेदन तथा नाम नाल्सिस सिस्टममा समावेस गरिएको छ । यसअघिको राष्ट्रिय भ...
उमेरको सम्झना मात्र हैन, उत्तरदायित्वको आत्ममूल्याङ्कन

उमेरको सम्झना मात्र हैन, उत्तरदायित्वको आत्ममूल्याङ्कन

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
लोकनाथ घिमिरे  काठमाडौं, २७ जेठ । भूमिका: उत्सवभन्दा परको अनुभूति : जन्मदिनलाई हामी प्रायः फूल, मिठाई र शुभकामनामा सीमित गरेर हेर्छौं । आफन्त, साथीभाइ र सहकर्मीबाट आउने शुभकामनाले त्यो दिनलाई विशेष अवश्य बनाउँछ। तर आज म त्यो सामान्य प्रवृत्तिभन्दा बाहिर मनन् गर्देछु । उमेर थपिने दिन केवल उत्सव होइन, आत्ममूल्याङ्कन र प्रतिबद्धता नवीकरण गर्ने अवसर पनि हो । म आफैसँग प्रश्न गर्न गर्देछु. मैले विगतका वर्षहरू कसरी बिताएँ ? के मेरो योगदान मेरो उमेरको मूल्य जति छ ? जीवन एक दिनको या एक वर्षको मात्रै मूल्यांकन होइन तर प्रत्येक जन्मदिनमा हामीले एकपटक गहिरो नजरले विगत हेर्न जरुरी हुन्छ। त्यसैबाट भविष्यको बाटो कोर्न सकिन्छ।उमेर थपिँदै जानु केवल समयको गन्ती होइन, चेतनाको परिपक्वताको साक्ष्य हो । जन्मदिनको उत्सव बाहिरी हर्ष होइन, भित्री उत्तरदायित्वबोधको क्षण हो । आज म सोध्दैछु मैले के गरें ? समाजक...
मिर्गौला सम्वन्धी रोगबाट पिडित विक्रमलाई २१ लाख ३८ हजार

मिर्गौला सम्वन्धी रोगबाट पिडित विक्रमलाई २१ लाख ३८ हजार

ताजा अपडेट, मुख्य खबर, समाचार, स्वास्थ्य
खोटाङ, २६ जेठ । मिर्गौला सम्वन्धी रोगबाट पिडित विरामीलाई २१ लाख प्रदान गरिएको छ । उदयपुरको रौतामाई गाउँपालिका–५ हात्तीपाइले निवासी ३३ वर्षीय विक्रम सारु मगरको उपचारका लागि २१ लाख ३८ हजार ४५७ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरिएको हो । पारिवारिक अवस्था कमजोर भएका कारण बिक्रमको उपचारका लागि गत बैसाख १२ गतेदेखि ‘बिक्रम सारु मगर बचाउ’ अभियान सुरु गरिएको थियो । २१ लाखभन्दा बढी रकम संकलनपछि ‘बिक्रम सारु मगर बचाउ’ अभियान जेठ २५ गते समापन गरिएको छ । मिर्गौलाको रोगबाट ग्रसित बिरामीको जीवन बचाउका लागि ३१८ जनाभन्दा बढी शुभेच्छुक र सहयोगीबाट सहयोग प्राप्त भएको इन्द्रलिमेल मगरले जानकारी दिए । संकलन भएको सहयोग रकमको चेक एमाले पोलिटव्युरो सदस्य बिशाल भट्टराई र उदयपुर क्षेत्र नम्बर–२ का प्रतिनिभिसभा सदस्य अम्बर रायमाझीले जेठ २५ गते बिक्रमलाई हस्तान्तरण गरेका छन् । (भिडियो समाचार Views Of Nepal को पेजमा उप...
सरकारबाट खै के आस गर्ने !

सरकारबाट खै के आस गर्ने !

ताजा अपडेट, मुख्य खबर, विचार/अन्तर्वार्ता
✍ लोकनाथ घिमिरे काठमाडौं, २४ जेठ । लोकतन्त्रको मर्म नागरिकप्रतिको उत्तरदायित्व, पारदर्शिता, कानुनी शासन र समान सेवा प्रवाहमा निहित हुन्छ । तर, नेपालको वर्तमान राजनीतिक परिवेश, शासन प्रणाली र सरकारको कार्यशैली हेर्दा नागरिकले सरकारप्रति के आस गर्ने ? भन्ने प्रश्न चर्किंदै गएको छ । यद्यपि सरकारले ‘जनताको सेवा गर्ने’ उद्घोष गरिरहेको छ, तर व्यवहारमा देखिएको चरित्र त्यसको विपरीत देखिन्छ । सरकारको कार्यशैलीलाई कानुनी शासन, विधि प्रक्रिया, नीति निर्माण, विकास बजेट र सेवा प्रवाहका दृष्टिकोणबाट आलोचनात्मक दृष्टिले विश्लेषण गरिएको छ । आबधिक निर्वाचनमा जनप्रतिनिधि छानौट गरिनुको मुख्य उद्देश्य लोकतान्त्रिक प्रणालीलाई सशक्त बनाउनु हो । लोकतन्त्रमा जनताले आफैं शासन गर्न सक्दैनन्, त्यसैले आफ्नो प्रतिनिधि छान्ने व्यवस्था हुन्छ । यी प्रतिनिधिहरू जनताको पक्षमा नीति निर्माण, कानुन बनाउने, बजेट निर्धारण गर्...
मौरी पालन सम्वन्धी ७ दिने तालिम सञ्चालन

मौरी पालन सम्वन्धी ७ दिने तालिम सञ्चालन

अर्थ, ताजा अपडेट, मुख्य खबर, समाचार
खोटाङ, २३ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मौरी पालन सम्वन्धी ७ दिने तालिम सञ्चालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिको जिविकोपार्जन सुधारको लागि अपांगता रोकथाम तथा पुःनस्र्थापना कार्यक्रम अन्तरगत महिला तथा बालबालिका शाखाको संयोजनमा मौरी पालन सम्वन्धी तालिम सञ्चालन गरिएको हो । सामाजिक विकास समितिको निर्णय अनुसार गत जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म तालिम सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताईन् । मौरी पालन तालिममा सहभागी अपांगता भएका २५ जना तथा उनीहरुका परिवारलाई गोलासहितको मौरीको घार वितरण गरिएको छ । दुधकोशी टेक्निकल ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रालिको प्राविधिक सहयोगमा मौरी पालन सम्वन्धी तालिम सञ्चालन गरिएको हो । तालिम शुभम फाउण्डेसनको सभाहलमा सञ्चालन गरिएको थियो । तालिममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्...
खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खोटाङका तत्कालीन जिशिअ नेपालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
काठमाडौं, २३ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी सहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण उच्च माविको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ विरुद्ध जेठ २३ गते मुद्दा दायर गरेको हो । यस्तै, कृष्ण उच्च माविका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई तथा विद्यालयको भवन निर्माण गर्ने जयप्रसाद राईलाई विपक्षी बनाएर आरोप–पत्र दायर गरिए...
आइएसओ प्रमाणित स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम

आइएसओ प्रमाणित स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २२ जेठ । बिश्व वातावरण दिवसको अवसरमा खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालय र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको सहकार्यमा जेठ २२ गते वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । सचेतना कार्यक्रममा बोर्डिङ स्कुलका कक्षा ७, कक्षा ८ र कक्षा ९ का छात्र/छात्रालाई सहभागी गराइएको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । बोर्डिङ स्कुलकै सभाहलमा आयोजना गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले सहजीकरण गरेका थिए । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारासहित जेठ २२ गते मुलुकभर बिश्व वातावरण दिवस मनाइएको छ । बिश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालयले दिक्तेल बहुमुखी क्याम्पस परिषरमा बृक्षारोपण गरेको थियो ...