मुख्य खबर

निर्वाचनका लागि खोटाङमा छानियो १ हजार १७६ कर्मचारी

निर्वाचनका लागि खोटाङमा छानियो १ हजार १७६ कर्मचारी

ताजा अपडेट, मुख्य खबर, राजनीति, समाचार
खोटाङ, ९ फागुन । मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली प्रकाशन गरेको छ । मुुख्या निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनकालागि खटिने १ हजार १७६ कर्मचारीको नामावली टुंग्याएको हो । मतदान गराउनका लागि आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीहरुको नामावली र खटिने क्षेत्र टुंग्याइएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए । एक मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा १३६ स्थायी र २ अस्थायी मतदान स्थल तथा १९५ वटा स्थायी र २ अस्थायी गरि १९७ मतदान केन्द्र निर्धारण गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तोकिएका कर्मचारी निर्वाचन सामग्री बोकेर फागुन १७ गतेदेखि तोकिएको मतदान केन्द्रमा पुग्ने सहायक निर्वाचन अधिकृत मण्डलले बताए । हरेक स्थायी मतदान केन्द्रमा ६/६...
साकेला गाउँपालिकाको स्टोरमा आगलागी

साकेला गाउँपालिकाको स्टोरमा आगलागी

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ फागुन । खोटाङको साकेला गाउँपालिकाको स्टोर र क्वाटरको रुपमा प्रयोग हुँदैआएको भवनमा आगलागी भएको छ । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङस्थित सामुदायीक भवनमा आगलागी भएको हो । स्टोर र क्वाटरको रुपमा प्रयोग हुँदैआएको पक्की भवनमा फागुन ६ गते बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । अढाइ तले सामुदायीक भवनको भुइँतला स्टोर र माथिल्लो तला क्वाटरको रुपमा प्रयोग हुँदैआएको थियो । त्यसमध्ये स्टोरमा आगलागी भएको हो । आगलागीमा स्टोरमा राखिएका प्लाष्टिकका कुर्सी, इन्डक्सन चुल्हो, डष्टबिन लगायतका जिन्सी जलेको गाउँपालिकाका सुचना अधिकारी डिएम चाम्लिङले बताए । (भिडियो समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर चौथोपल्ट निर्वाचित

वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर चौथोपल्ट निर्वाचित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ४ फागुन । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित राम्चे बराल थुम्की सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर राई चुनिएका छन् । राई साविकको दिप्लुङ–३ र ४ मा पर्ने सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा चौथोपल्ट चुनिएका हुन् । नौ सदस्यीय उपभोक्ता समितिको उपाध्यक्षमा जगत मगर, सचिवमा जमिला राई, उप–सचिव चन्द्रबहादुर नेपाली र कोषाध्यक्षमा कल्पनामायाँ राई चयन भएका छन् । २०५३ सालमा स्थापना गरिएको सामुदायीक वन उपभोक्ता समितिले केही वर्षअघि सामुदायीक वन उपभोक्ता समितितर्फ जिल्लामै चौथो पुरस्कार हात पारेको थियो । सो सामुदायीक वन उपभोक्ता समितिले आफ्नै भवन निर्माण गरेको छ । यस्तै, दिप्लुङको सोभे हुँदै खोटाङबजार जाने सडक तथा भगतपुर हुँदै जन्तेढुंगा जाने सडक निर्माण गरेको स्थानीय जगत किरातीले बताए । केही समयअघि मात्रै समितिले भानुमतीमा साँढे चार लाखमा भक्तजन वस्ने प्रतिक्षालय निर...
दक्षिणकाली मन्दिरमा खोटाङ्गेको वनभोज

दक्षिणकाली मन्दिरमा खोटाङ्गेको वनभोज

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, काठमाडौंमा खोटाङ्गेको वनभोज आयोजना गरिएको छ । खोटाङ कलाकार समाज काठमाडौंसँगको सहकार्यमा खोटाङ हलेसी सेवा समाज काठमाडौंले खोटाङ्गेको बृहत वनभोज आयोजना गरेको हो । काठमाडौं बसिरहेका खोटाङ्गे फागुन २ गते काठमाडौं दक्षिणकाली मन्दिरमा वनभोज गएका हुन् । वनभोजमा चर्चित कलाकारको सांगीतिक प्रस्तुती राखिएको थियो । वनभोजमा करिब २५० जनाको उपस्थिति रहेको थियो । वनभोजकै अवसरमा गायक सागर संसार राईलाई ‘द भ्वाइस अफ नेपाल’को उपाधि जिताउनका लागि सहयोग जुटाइएको छ । खोटाङ हलेसी सेवा समाजकोतर्फबाट २५ हजार, खोटाङ कलाकार समाजकोतर्फबाट १० हजार र वनभोजमा सहभागीबाट गरी ९७ हजार २६५ रुपैयाँ बराबरको भोट जुटाइएको खोटाङ हलेसी सेवा समाजका सचिव कुमारबाबु बस्नेतले जानकारी दिए । खोटाङ हलेसी सेवा समाजका अध्यक्ष इन्दा थापा र खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रम टंक श्रेष्ठको प्रमुख आ...
रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा, लखेट्दा बाँदर मरे कारबाही नहुने

रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा, लखेट्दा बाँदर मरे कारबाही नहुने

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
काठमाडौं, १ फागुन । नेपाल सरकारले रातो बाँदरलाई पुःन हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले रातो बाँदरलाई दोस्रो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ । सो घोषणा अनुसार किसानले आफ्नो निजी खेत, खला, बारीमा क्षति पुर्‍याउन आउने बाँदरलाई विनाअनुमति धपाउन, पक्रन र लखेट्न सक्नेछन् । धपाउने वा लखेट्नेक्रममा बाँदर मरेमा किसानलाई कुनै कारबाही नहुने सूचनामा भनिएको छ । पक्रिएको बाँदरलाई राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहतको कार्यालयमा बुझाउनुपर्ने छ । धपाउने क्रममा बाँदर मर्न गए सम्बन्धित वडाका कम्तीमा एक जना प्रतिनिधि सहित स्थानीय पाँच व्यक्तिको रोहबर...
विहे भोज खाएको निहुमा फैलिएको महामारी पूर्णरुपमा नियन्त्रणमा

विहे भोज खाएको निहुमा फैलिएको महामारी पूर्णरुपमा नियन्त्रणमा

ताजा अपडेट, मुख्य खबर, समाचार, स्थानीय, स्वास्थ्य
खोटाङ, २८ माघ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विहे भोज खाएको निहुमा फैलिएको महामारी नियन्त्रणमा आएको छ । माघ २१ गतेको विवाह भोज खाएपछि बिरामी परेका सबै स्थानीय निको भएका छन् । विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित १७३ जना स्थानीय विरामी परेका थिए । स्वास्थ्यमा समस्या आएपछि उपचारमा राखिएकाकामध्ये बाँकी रहेका चार जना बिरामी निको भएर माघ २७ गते दिउँसो घर फर्किएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राईले बताईन् । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारमा राखिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईले विज्ञाप्ती जारी गर्दै हाल कुनै पनि बिरामीको स्वास्थ्यमा जटिल समस्या नदेखिएको र नमूना परिक्षणबाट कुनै संक्रमण नदेखिएको जानकारी दिएका छन् । विवाह भोज खाएका स्थानीय माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको करिव १२ घण्टापछि ज्वरो ...
६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

६ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २७ माघ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय कनककुमारी पोखरेल र छोरा डोरमणी पोखरेलको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले गाउँपालिकाको ६ वडाका एक/एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ सम्मान प्रदान गरेको हो । दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले महिला स्वास्थ्य स्वयंसेविका सम्झना थापा मगर, इन्द्र परियार, लङ्कमायाँ मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई सम्मान गरेको छ । माघ २६ गते शारदा मावि, खार्पामा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही सात हजार सहित सम्मान–पत्र प्रदान गरिएको छ । आर्थिक त...
सरस्वती मावि दिक्तेललाई पुर्वविद्यार्थीले दियो सरस्वतीको मुर्ती

सरस्वती मावि दिक्तेललाई पुर्वविद्यार्थीले दियो सरस्वतीको मुर्ती

ताजा अपडेट, मुख्य खबर, शिक्षा, समाचार
खोटाङ, २५ माघ । खोटाङको दिक्तेलस्थित सरस्वती माविलाई एक पुर्वविद्यार्थीले सरस्वतीको मुर्ती प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा निगाले निवासी पुर्वविद्यार्थी लक्ष्मण थापाले सरस्वती माविलाई सरस्वतीको धातुको मुर्ती प्रदान गरेका हुन् । माघ २५ गते विद्यालयमा आयोजित कार्यक्रममा पुर्वविद्यार्थी थापाले विद्यालयलाई सरस्वतीको एक थान मुर्ती हस्तान्तरण गरेका हुन् । सरस्वतीको मुर्ती हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, विव्यास अध्यक्ष इन्दिरा बस्नेत, प्रधानाध्यपक शिवहरी ढकाल, विव्यास सदस्य लगायतको उपस्थिति रहेको थियो । सरस्वतीको मुर्ती प्रदान गर्ने थापा २०४९ सालको एसएलसी ‘व्याच’का विद्यार्थी हुन् । हाल बिराटनगर बस्दैआएका थापाले विद्यालयको प्रगतीको कामना सहित सरस्वतीको मुर्ती प्रदान गरेको बताएका छन् । थापा सरस्वती माविको ...
भारत मेघालयस्थित कोइलाखानीमा विस्फाेट : खोटाङका एकाघरका दाजुभाइको मृत्यु

भारत मेघालयस्थित कोइलाखानीमा विस्फाेट : खोटाङका एकाघरका दाजुभाइको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
२ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय भाई सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो । घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी र उदयपुर साउनेका ललित मगर घाइते भएका छन् । ७ जनाको टोलीमध्ये बराहपोखरी बालम्पाका ताराबल मगर सकुशल छन् । ताराबलले नै फोनमार्फत घटनाको जानकारी गराएको छिमेकी शिवकुमार श्रेष्ठले जानकारी दिए । ताराबलका अनुसार चार जनाको अवस्था गम्भीर छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । उनीहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । खोटाङका विभिन्न ठाउँका स्थानीय काम खोज्दै मेघालय जाने गर...
जेन–जी आन्दोलनका क्रममा भागेका कैंदी समाउने जवान ‘उत्कृष्ट प्रहरी’ घोषित

जेन–जी आन्दोलनका क्रममा भागेका कैंदी समाउने जवान ‘उत्कृष्ट प्रहरी’ घोषित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले प्रहरी जवान मनोज बुढाथोकीलाई पुस महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित अस्थायी प्रहरी पोष्ट राजापानीमा कार्यरत प्रहरी जवान बुढाथोकीलाई पुसभरीको कार्यसम्पादनका आधारमा ‘पोलिस अफ द मन्थ’ घोषणा गरिएको हो । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा काठमाडौं केन्द्रीय कारागारबाट भागेका उदयपुरका मन्दीप राईलाई पक्राउ गरेर पुःन कारागारमै पुर्‍याउन भूमिका निर्वाह गरेका कारण बुढाथोकीलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए । गम्भीर प्रकृतिको अपराधमा संलग्न प्रतिवादी राईलाई जवान बुढाथोकी सहितको टोलीले गत पुस ६ गते राजापानीको मंसिरेबाट पक्राउ गरेको थियो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य...