छात्रालाई बलात्कार गर्ने शिक्षकलाई उन्मुक्ती नदिन विद्यार्थी संगठनको माग
खोटाङ, १२ फागुन । खोटाङका चार विद्यार्थी संगठनले छात्रालाई बलात्कार गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तीकारी र समाजवादी विद्यार्थी यूनियनले फागुन ११ गते जिल्ला प्रशासन कार्यालयमा संयुक्त ज्ञापन–पत्र बुझाउँदै छात्रालाई बलात्कार गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुलका शिक्षक टेकबहादुर खत्रीलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।
सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेले निवासी २४ वर्षीय खत्रीले फागुन ९ गते होमवर्क सिकाइदिने वाहनामा १३ वर्षीय छात्रालाई आफ्नै कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारका घटनाले सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक तथा समाजलाई गहिरो मानसिक आघात पुर्याएको उल्लेख गर्दै विद्यार्थी संगठनले पिडितलाई आवश्यक क्षतिपूर्ति सहित शिक्षा, स्वास्थ्य र भौतिक सुरक्षाको माग गरेको छ । विज्ञाप्तीमा पिडकलाई...









