समाज

साकेलाको मौलिकता ध्वस्त पारियोः किक अभियान

साकेलाको मौलिकता ध्वस्त पारियोः किक अभियान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३ जेठ । ‘स्वर्गिक मार्ग संघ नेपाल’ले साकेलाको मौलिकता ध्वस्त पार्ने काम गरेको भन्दै किरात अन्तर्राष्ट्रिय साँस्कृतिक (किक) अभियानले ध्यानाकर्षण भएको जनाएको छ । स्वर्गिक मार्ग संघले प्रकृति पुजक राईको साकेला चाडमा पुजा गर्ने साँस्कृतिक परम्परा बिगारिरहेको भन्दै किरात अन्तर्राष्ट्रिय साँस्कृतिक अभियानले आपत्ती जनाएको हो । किक अभियान का संयोजक भद्रगोल किराती (मनोजकुमार राई)ले जेठ १ गते विज्ञाप्ती जारी गर्दै साकेलाको मौलिक संस्कृति, परम्परा र पूजा पद्धतिलाई नक्कल गर्दै विकृत गर्ने, भ्रम फैलाउने तथा सांस्कृतिक अतिक्रमण गर्ने जघन्य कार्य गरिरहेको उल्लेख गरेका छन् । स्वर्गिक मार्ग संघको अगुवा भक्तकुमार राई (सुप्रिम मास्टर गडएञ्जल) हुन् । गडएञ्जल र उनका समर्थले साकेला थानलाई तोडमोड गर्दै त्यस स्थानमा नक्कली रंगीन झिल्के पुतली थान निर्माण गरी पूजा गर्ने जस्ता कार्यहरूले साकेलाको मौलिकतालाई...
खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा थापा

खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा थापा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ बैसाख । खोटाङ हलेसी सेवा समाज काठमाडौंको अध्यक्षमा इन्दा थापा चयन भएका छन् । काठमाडौं खहरेचोकस्थित सान बैंकुटमा सम्पन्न समाजको आठौं साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समाजको प्रथम उपाध्यक्षमा अर्जुन गैरापिप्ली, द्धितीय उपाध्यक्षमा पर्शुराम कटुवाल, तृतीय उपाध्यक्षमा रामजी कटुवाल, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा कुमारबाबु बस्नेत (टिबी), कोषाध्यक्षमा सुब्बा कटुवाल र सहकोषाध्यक्षमा प्रेम केुसी चयन भएका छन् । सदस्यमा काजी खडका, प्रकाशराज भण्डारी, लक्ष्मीप्रसाद गिरी, सीता कार्की, अन्जना थापा, दिपक पौडेल र पदम बन्जारा चयन भएका छन् । कोसी प्रदेशका भौतिक पुर्वाधार बिकास एवं स्वास्थ मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता एवं ॐ अस्पतालका संरक्षक एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको विशिष्ट आतिथ्यतामा समाजको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा खोटाङ ज...
पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

पत्रकार भट्टराई नगद ११ हजार सहित सम्मानित

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २७ बैसाख । खोटाङका पत्रकार राजकुमार भट्टराई सम्मानित भएका छन् । निष्पक्ष एवं स्वतन्त्र पत्रकारिताको माध्यमबाट समग्र खेलकुद तथा सामाजिक क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल खेलकुद प्रतिष्ठान, खोटाङले पत्रकार भट्टराईलाई सम्मान गरेको हो । प्रतिष्ठानले पत्रकार भट्टराईलाई दोश्रो बृहत हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव उद्घाटनको अवसरमा बैसाख २७ गते नगद ११ हजार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पत्रकार मट्टराईलाई दोसल्ला ओढाएर नगद र सम्मान–पत्र हस्तान्तरण गरेका थिए । नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव भट्टराई भ्युज अफ नेपालमा आवद्ध छन् । यस्तै, गोरखापत्र दैनिकको सम्वाददाता र रुपाकोट खबर डटकमका सञ्चालक...
करेन्ट लाग्दा कांग्रेस वडा सभापतिको मृत्यु, कांग्रेसद्धारा दुःख व्यक्त

करेन्ट लाग्दा कांग्रेस वडा सभापतिको मृत्यु, कांग्रेसद्धारा दुःख व्यक्त

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २४ बैसाख । करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ४१ वर्षीय विकास राईको मृत्यु भएको हो । बैसाख २३ गते माक्पास्थित ट्रान्सफर्मरबाट करेन्ट लाग्दा राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका सेवा करारका कर्मचारी रामकाजी वनको आग्रहमा विद्युत चेक गर्न ट्रान्सफर्मरमा पुग्दा राईको करेन्ट लागेर मृत्यु भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए । विद्युत चालु भए/नभएको चेक गर्नका लागि गएका विकासले घण्टौं फोन नउठाए पनि वनले पुःन इन्द्रबिनोद निरौलालाई फोन गरेर ट्रान्सफर्मरमा गएर हेर्न आग्रह गरेका थिए । ट्रान्सफर्मर रहेको ठाउँमा निरौला पुगेपछि मात्रै राईलाई करेन्ट लागेको थाहा भएको हो । मृतक नेपाली कांग्रेसका माक्पा सभापति हुन् । ट्रान्सफर्मरमा विद्युत सुचारु भए/नभएको चेक गर्नेक्रममा राईला...
अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान

अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० बैसाख । खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान गरिएको छ । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कट्वाल र अम्बिका राई, बिजय सार्की र मुना श्रेष्ठ तथा बिनोद राई र ममता तामाङ दम्पत्तीलाई सम्मान गरिएको हो । फरक–फरक समुदायका भए पनि विवाह गरेर घरजम बसाएका जोडीलाई बैसाख १० गते सम्मान गरिएको हो । – (भिडियो सहितको समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १० बैसाख । ट्याक्टरले ठक्कर दिँदा खोटाङमा एकको मृत्यु भएको छ । प्र.२–०१–००१ त १५६४ नम्बरको ट्याक्टरको ठक्करबाट ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ४५ वर्षीय यादवराज राईको मृत्यु भएको हो । राईलाई बैसाख ९ गते राती राखाबाङदेलको कालिका मावि नजिकै रहेको टर्निङमा ट्याक्टरले ठक्कर दिएको थियो । उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सुशान्त मिश्रले बताए । - (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।) ...
दुर्घटनामा गम्भीर घाइते भएका युवाको लागि १२ लाख संकलन

दुर्घटनामा गम्भीर घाइते भएका युवाको लागि १२ लाख संकलन

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २३ चैत । बाईक दुर्घटनामा गम्भीर घाइते भएका युवाको उपचारका लागि १२ लाखभन्दा बढी सहयोग संकलन गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे कालापानी घर भइ हाल मोरङ सुन्दरहरैंचा–१ बस्दै आएका विकास कार्कीको उपचारका लागि २१२ जनाबाट १२ लाख ३४ हजार ३६९ रुपैयाँ सहयोग जुटाइएको हो । हाल दोहा, कतारमा रहेका अभियान्ता दिलीप श्रेष्ठ र नेपालमै रहेका भूपिन अधिकारीको पहलमा घाइते कार्कीको उपचारका लागि सहयोग जुटाइएको हो । कार्की गत फागुन २९ गते गच्छाको पुलबाट बाईकसँगै खसेका थिए । उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेको कलेको फुटेको, दायाँ पाटो खुस्किएको, दायाँ मिर्गौला फेल भएको, कम्मरको हाड फुटेको अस्पतालले जनाएको छ । कार्कीको उपचारका लागि घरको आर्थिक अवस्थाले धान्ने अवस्था नभएपछि अभियान्ता श्रेष्ठ र अधिकारीले गत चैत ५ गतेदेखि ‘विकास कार्की बचाऔं’ अभियान सु...
अगाडि बियर राखेको तस्बीर पोष्ट गरेपछि…

अगाडि बियर राखेको तस्बीर पोष्ट गरेपछि…

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ चैत । फेसबुकमा गरिएको पोष्टका कारण खोटाङका एक शिक्षक तनावमा परेका छन् । अगाडि बियरको बोत्तल र गिलाससहितको तस्बीर पोष्ट गर्दा केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी माविका शिक्षक बलबहादुर अधिकारी तनाव झेल्न बाध्य बनेका हुन् । शिक्षक अधिकारीले चैत १६ गते ‘यसो गर्दा पो जनजाति भइन्छ कि ?’ भन्ने स्टाटस सहित अगाडि बियरको बोत्तल र बियर भरिएको गिलास देखिने आफ्नो तस्बीर पोष्ट गरेका थिए । सो स्टाटसप्रति आदिवासी जनजाती संगठनहरुले आपत्ती जनाएपछि अधिकारीले चैत १७ गते पोष्ट डिलेट गरेर माफी नै मागेका छन् । शिक्षक अधिकारीले गत होलीको दिन स्टाफसँग विद्यालयकै क्यान्टिनमा खानपिन गर्नेक्रममा खिचेको तस्बीर पोष्ट गरेका थिए । उनले व्यक्तिगत सम्झनाको लागि भन्दै तस्बीर र स्टाटर पोष्ट गरे पनि जनजाती संगठनले विज्ञाप्ती नै निकालेर विरोध जनाएका छन् । स्टाटसले जनजाती समुदायको संस्कार संस्कृतिलाई होच्...
लगातार दोश्रो दिन कालोपट्टी बाँधेर सञ्चारकर्ममा

लगातार दोश्रो दिन कालोपट्टी बाँधेर सञ्चारकर्ममा

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा खोटाङका पत्रकारले लगातार दोश्रो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा चैत १६ गते नै हातमा कालोपट्टी बाँधेर कर्मक्षेत्रमा खटिएका पत्रकारले दोश्रो दिन पनि कालोपट्टी बाँधेर कामलाई निरन्तरता दिएका हुन् । चैत १७ गते भने केन्द्रीय समितिको निर्देशन अनुसार हातमा कालोपट्टी बाँधेर काम गरिएको नेपाल पत्रकार महासंघ शाखा, खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताए । आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका छन् । चैत १५ गते राजावादी समूहले काठमाडौंमा गरेको आन्दोलनका क्रममा तीनकुनेस्थित एक कम्प्लेक्समा आगजनी गरिएको थियो । त्यही कम्प्लेक्सबाट...
पत्रकारलाई जलाएर हत्या गरिएको भन्दै विरोध

पत्रकारलाई जलाएर हत्या गरिएको भन्दै विरोध

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १७ चैत । राजावादीको हिंसात्मक आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको भन्दै खोटाङका पत्रकार बिरोधमा उत्रिएका छन् । आन्दोलनको भिडियो खिचिरहेका पत्रकार रजकलाई एउटा कम्प्लेक्सभित्र थुनेर आगो लगाएर जलाएर हत्या गरिएको भन्दै नेपाल पत्रकार महासंघ शाखाको नेतृत्वमा जिल्लाका पत्रकार बिरोधमा उत्रिएका हुन् । पत्रकार हत्याको बिरोधमा खोटाङका पत्रकारले चैत १६ गते हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । रिपोर्टिङमा हिँडेको पत्रकारले जिउँदै जलेर मर्नुपर्ने अवस्था आउनु र सञ्चार–गृहमाथि आक्रमण हुनु दुःखद भएको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष हरिबोल आचार्यले बताए । महासंघले प्रेस विज्ञाप्ती जारी गर्दै मुलुकको व्यवस्थामाथि नै प्रहार गर्नेगरि सञ्चार–गृह र पत्रकारमाथि भएको हर्कतको कडा शव्दमा भत्र्सना गरेको छ । महासंघका सचिव राजकुमार भट्टराईले जारी गरेको विज्ञाप्तीमा घटनाको निष्पक्ष छानविन गर...