समाज

सुनकोसीमा बाढी आउने सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

सुनकोसीमा बाढी आउने सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ६ असार । सुनकोसीमा बाढी आउन सक्ते सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सतर्कता अपनाउन अनुरोध गरेको छ । असार ७ गतेसम्म चिनको तिव्वत क्षेत्रमा अधिक वर्षा हुने र बाढी आउने सम्भावना भएकाले प्रशासनले सुनकोसी आसपासमा सतर्कता अपनाउन अनुरोध गरेको हो । चिनको प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार ६ गते सार्वजनिक सूचना जारी गरेको हो । सुनकोसीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई छुन्छ ।...
दिनदिनै चितुवाले खसी बाख्रा खाइदिएपछि किसान हैरान

दिनदिनै चितुवाले खसी बाख्रा खाइदिएपछि किसान हैरान

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा चितुवाले गाईबाख्रा खाएर आतंक मच्याएको छ । चितुवाले चरनका लागि जंगलमा छाडिएको खसी बाख्रा दिनदिनै खाएर आतंक मच्याएको हो । असार ३ गते मात्रै चितुवाले कुमार बुढाथोकीको दुई वटा बाख्रा र टंकनाथ रेग्मीको एक वटा बोका खाइदिएको छ । बुढाथोकीको सँगै छाडिएका तीन वटा बाख्रा अझै भेटिएका छैनन् । गत माघ–फागुन यता चितुवाले ३० वटा बाख्रा खाइदिएको र ६ वटा बेपत्ता बनाएको बुढाथोकीले बताए । (भिडियो सहितको विस्तृत समाचार Views Of Nepal को फेसबुकमा उपलव्ध छ ।) ...
टिकटकमा भ्रामक सामग्री राखेको भन्दै युवती पक्राउ

टिकटकमा भ्रामक सामग्री राखेको भन्दै युवती पक्राउ

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १ असार । टिकटकमा तथ्यहीन र भ्रामक सामग्री राखेको भन्दै प्रहरीले युवतीलाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार घर ठेगाना भई हाल भक्तपुर बसिरहेकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो । नियोजितरूपमा जातिय एवं साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थाको विरुद्ध भ्रामक विषयवस्तु प्रसारण गरी चरित्र हत्या गरेको अभियोगमा बस्नेत पक्राउ परेकी हुन् । बस्नेतलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी साइबर ब्यूरोबाट खटिएको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको हो । व्यक्ति, संस्था र सम्प्रदायप्रति नकरात्मक धारणा फैलाउँदै चरित्र हत्या गर्ने व्यक्ति पहिचानका लागि आवश्यक प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सो कार्यमा बस्नेतको संलग्नता खुलेको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिएर बस्न...
धुमधामका साथ साकेला उभौलीको विदाई

धुमधामका साथ साकेला उभौलीको विदाई

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ३१ जेठ । खोटाङमा किरात राई समुदायको महान चाड साकेला उभौलीलाई विदाई गरिएको छ । गत बैसाख पुर्णिमाको दिनदेखि मनाउन सुरु गरिएको साकेला उभौलीलाई जेठ ३१ गते विधिवतरुपमा विदाई गरिएको हो । किरात राई यायोक्खा र किरात सेवा समाजको संयुक्त आयोजनामा दिक्तेलको मझुवागढीमा पुगेर सँस्थागत तरिकाले मनाउन सुरु गरिएको साकेला उभौलीलाई दिक्तेलकै माटिकोरे खेलमैदानबाट विदाई गरिएको हो । साकेला उभौली विदाईका क्रममा माटिकोरे खेलमैदानमा धुमधामका साथ साकेला नाचिएको छ । साकेला उभौलीको विदाईका क्रममा माटिकोरे दिनभर ढोल, झ्याम्टाले गुञ्जयमान बनेको थियो । विगतका वर्ष साकेला सिली प्रदर्शन वा साकेला सिली प्रतियोगीता गर्दै साकेला उभौली विदाई गर्ने गरिएकोमा यस वर्ष खुलारुपमा साकेला सिली नाच्दै विदाई गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । (भिडियो सहितको समाचार  Views Of Nepal को फेसबुक पेजमा हेर्...
खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम

खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २९ जेठ । खोटाङमा सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरिएको छ । घरभित्र तथा घर आसपासमा आइपुगेका सर्पलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर जंगलमा लगेर छाड्ने सीप विकासका लागि डिभिजन वन कार्यालयले सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरेको हो । सर्प उद्धार तथा पुःर्नस्थापनाको क्षेत्रमा काम गरिरहेको नेचर कन्जरभेसन एण्ड रिसर्च कमिटि जनकपुरका गणेश शाह र ललन यादवलाई जिउँदो सर्प सहित दिक्तेल झिकाएर जेठ २९ गते सर्प उद्धार तथा पुःर्नस्थापना तालिम सञ्चालन गरिएको हो । (विस्तृत समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।) ...
हलेसी तुवाचुङका भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण सुरु

हलेसी तुवाचुङका भुमिहिन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण सुरु

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज, स्थानीय
खोटाङ, २८ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ४९ भुमिहिन सुकुम्बासीलाई जग्गाको निवेदन तथा नाप नक्साको निस्सा प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङले नगरपालिकाका १६६ भुमिहिन सुकुम्बासीमध्ये ४९ जनालाई निस्सा प्रदान गरेको हो । जेठ २७ गते नगरपालिकाको सभाहलमा मेयर बिमला राई, उपमेयर रमेश राउत र भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङका अध्यक्ष निर्मल राईले भुमिहिन सुकुम्बासीलाई जग्गाको निवेदन तथा नाप नक्साको निस्सा प्रदान गरेका हुन् । बाँकी भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीलाई सम्वन्धित वडा कार्यालयमार्फत निस्सा प्रदान गर्ने भूमि समस्या समाधान आयोग जिल्ला समिति खोटाङका अध्यक्ष राईले बताए । आयोगका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ६९८ जना भुमिहिन सुकुम्बासीको आवेदन तथा नाम नाल्सिस सिस्टममा समावेस गरिएको छ । यसअघिको राष्ट्रिय भ...
आइएसओ प्रमाणित स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम

आइएसओ प्रमाणित स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २२ जेठ । बिश्व वातावरण दिवसको अवसरमा खोटाङको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलमा वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । डिभिजन वन कार्यालय र दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलको सहकार्यमा जेठ २२ गते वातावरणीय शिक्षामुलक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । सचेतना कार्यक्रममा बोर्डिङ स्कुलका कक्षा ७, कक्षा ८ र कक्षा ९ का छात्र/छात्रालाई सहभागी गराइएको दिक्तेल इंलिस सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल धनकर्ण श्रेष्ठले बताए । बोर्डिङ स्कुलकै सभाहलमा आयोजना गरिएको कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले सहजीकरण गरेका थिए । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारासहित जेठ २२ गते मुलुकभर बिश्व वातावरण दिवस मनाइएको छ । बिश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालयले दिक्तेल बहुमुखी क्याम्पस परिषरमा बृक्षारोपण गरेको थियो ...
दिक्तेलमा मुन्दुम कला संग्रहालय निर्माणका लागि ३ करोड

दिक्तेलमा मुन्दुम कला संग्रहालय निर्माणका लागि ३ करोड

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, २१ जेठ । खोटाङमा मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ करोड बजेट प्रदान गर्ने भएको छ । २०८० सालमा दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीका क्रममा बनाइएका चित्रलाई राखेर कला संग्रहालय बनाउनका लागि मन्त्रालयले बजेट उपलव्ध गराउने भएको हो । नगरपालिकाले २०८० असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । त्यही चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी कलाकारले बनाएको तथा अन्य चित्रकारले तयार पारेको क्यानभासलाई समावेश गरेर नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला संग्रहालय निर्माण गर्ने तयारी गरेको हो । (भिडियो समाचार Views Of Nepal को फेसबुक पेजमा उपलव्ध छ ।)...
तराईमा पाइने विषालु सर्प पहाडमा देखिन थाले

तराईमा पाइने विषालु सर्प पहाडमा देखिन थाले

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, १४ जेठ । तराईमा पाइने विषालु सर्प पहाड देखिन थालेका छन् । तराईमा पाइने गोमन, करेत, बाघेजस्ता सर्प पछिल्लो समय पहाडमा देखिन थालेका हुन् । तराईमा तातो हावा बढेसँगै विभिन्न प्रजातिका विषालु सर्प पहाडी जिल्लामा उक्लिन थालेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेपछि तराईका सर्प पहाडमा निस्किएका हुन् । उपचारका क्रममा अस्पताल पुगेका बिरामीको ठेगानाको आधारमा पहाडी जिल्लामा तराईका सर्प उक्लिएको पत्ता लागेको हो । विषालु सर्प पहाडतिर समेत उक्लिन थालेकाले सचेत हुनुपर्ने प्रवक्ता बुढाथोकीको भनाई छ । डब्लुएचओका अनुसार सर्पको टोकाइबाट नेपालमा वार्षिक तीन हजारको मृत्यु हुन्छ  तर, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार एक वर्षमा सरदर १५० जनाको मृत्यु भएको देखिन्छ । गत वर्ष सर्पको टोकाइबाट १४६ जनाको मृत्यु भएको मन्त्रालयसँग रेकर्ड छ । ...
इलाका प्रशासनबाट पुःन नागरिकता वितरण रोकियो

इलाका प्रशासनबाट पुःन नागरिकता वितरण रोकियो

ताजा अपडेट, मुख्य खबर, समाचार, समाज
खोटाङ, ८ जेठ । सरकारले शाखा अधिकृत पठाउन नसक्दा खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारको नागरिकता वितरण लगायतका सेवा रोकिएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायम मुकायम शाखा अधिकृतको व्यवस्था गर्न नसक्दा जेठ ६ गतेदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण एवं सिफारिस गर्ने, नावालक परिचय–पत्र प्रदान लगायतका सेवा रोकिएको हो । गृह–मन्त्रालयले ईलाका प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई ६ महिनाका लागि दिएको कायम मुकायम अवधि सकिएपछि इलाका प्रशासन कार्यालयको सेवा प्रभावित भएको हो । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् ।...